हिरासतभित्रै आत्महत्या प्रयास
सल्यान | फागुन २८, २०७९
सल्यान: जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतभित्र एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् ।
हाडनाता जबरजस्ती करणीमा पक्राउ परेका बनगाड कुपिण्डे नगरपालिकाका ३४ वर्षीय थुनुवाले हिरासतभित्रै ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गरेका हुन् ।
प्रहरी निरीक्षक सन्तोष खनालले आइतबार बिहान डिउटीमा खटिएका प्रहरीको आँखा छलेर ब्लाङकेट ओढेर ओछ्यानभित्र ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गरेको बताउनुभयो । उहाँका अनुसार उक्त व्यक्ति बिहान अबेरसम्म सुतेको र नास्ता खान उठाउन खोज्दा ओछ्यानबाट रगत बगिरहेको देखेपछि हिरासतबाट निकालेर तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको हो ।
ब्लेडले धेरै काटिएकाले जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा रिफर गरिएको छ । उनी गएको २५ गते जबरजस्ती हाडनाता करणीमा पक्राउ परेका थिए । उनलाई ५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।
उनीसँग ब्लेड कसरी र कहाँबाट आयो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

